अस्ट्रेलियनको एनएडिएफ अध्यक्षमा थापा

0

bibek-thapaकाठमाडौँ: नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम एनएडिफले नवौँ अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

अस्ट्रेलियाको नेपाली समुदायमा करिब दुई दशकदेखि रहँदै आएको यस संस्थाले ओबनको साइनो नेपाली रेस्टुरेन्टमा सर्वसम्मत नयाँ कार्यसमितिसमेत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षद्वयमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा, महासचिवमा माधव गैरे, सचिवमा थानु शाक्य, कोषाध्यक्षमा सत्यप्रकाश कँडेल, पब्लिक अफिसरमा अर्जुन केसी, युवा संयोजकमा रामजी बस्नेत सर्वसम्मत चयन गरेको छ ।

नयाँ समितिलाई बधाई दिँदै गैरआवासीय नेपाली सङ्घ एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले दुई वर्षको कार्यकाल सफल भएकामा निवर्तमान हुँदै गरेको समितिलाई धन्यवाद दिँदै नवनिर्वाचित समितिलाई बधाई दिए ।

प्रजातान्त्रिक विचार राख्नेहरु सम्मिलित वैद्धिक समुदायको सहभागिता रहेको यस संस्थाले वैचारिक मन्थन गर्दै नेपाल र नेपालीका लागि परोपकारी कार्य गर्दै आएको छ ।

Share.

Leave A Reply

bkh joi'po jopi o