दीपकराज र दिपा छक्कापञ्जाको प्रमोशनमा धरान पुगे

0

dipak-ndipaधरान:हास्य कलाकार दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र छक्कापञ्जाको टोली प्रमोशनका क्रममा धरान पुगेको छ । धरान पुगेर छक्कापञ्जा टोलीले चलचित्र देशभरिका सय बढी हलबाट एक साथ रिलिज हुने औपचारिक जानकारी गराएको छ ।

सोमबार धरानको एक होटलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै चलचित्रकी निर्देशक एवम् कलाकार निरौलालो यही साउन २४ गते देशैभरि रिलिज हुन जानकारी दिइन् ।

नेपालमै महिलाद्वारा पहिलो पटक निर्देशन गरिएको दाबी गरिएको चलचित्र छक्कापञ्जा सामाजिक सञ्जाल क्याम्पियन अनि कमेडी ट्रेलरका कारण चर्चामा रहेको निर्माता दिपकराज गीरीले जानकारी दिए ।

चलचित्रको ‘पूर्वपश्चिम रेल’ बोलको गीतका कारण चलचित्र चर्चामा छ । नयाँ पुराना अभिनेता सहित झण्डै ६० जना कलाकारको अभिनय देख्न पाइने चलचित्रको लागत ९० लाख रहेको निर्माण पक्षले जनाएको छ ।

४५ दिनसम्म लगाएर छायांकन गरिएको चलचित्र छक्कापञ्जाले राम्रो व्यापार गर्ने निर्माता दीपकराज गिरीले दाबी गरे ।

Share.

Leave A Reply

bkh joi'po jopi o