जिनस लामालार्इ ‘मिस ग्रान्ड नेपाल’को उपाधि

0

काठमाडौँ : ‘मिस ग्रान्ड नेपाल–२०१६’ को उपाधि जिनस लामाले जितेकी छिन्। मङ्गलबार अबेर राति सम्पन्न प्रतियोगितामा १० प्रतिस्पर्धीलाई पछि पार्दै जिनसले उपाधि जितेकी हुन्।
jinasha-lama

प्रतियोगितामा ‘फस्ट रनर अप’ पूजा श्रेष्ठ तथा ‘सेकेन्ड रनर अप’ ज्योत्स्ना महर्जन भइन्।

लुक्स इन्टरटेनमेन्टको आयोजनामा नेपालमा औपचारिक रुपमा पहिलोपटक भएको मिस ग्रान्ड नेपाल सौन्दर्य प्रतियोगिताका प्रतियोगीलाई अन्य विभिन्न उपविधामा समेत पुरस्कृत गरिएको थियो।
jinasha-lama1प्रतियोगिताका विजेताले ५० हजार, दोस्रोले रु २५ हजार तथा तेस्रो हुनेले रु १० हजार प्राप्त गरे। त्यसैगरी, उपाधि विजेताले यसै वर्ष अमेरिकामा हुने ‘मिस ग्रान्ड इन्टरनेसनल’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउने छन् ।

सन् २०१५ की ‘मिस ग्रान्ड इन्टरनेसनल’ अस्ट्रेलियाली नागरिक क्लारी एलिजाबेथ पार्करले विजेताको ताज पहिर्‍याइन्।

थाइल्यान्डमा स्थापना भएर क्रमशः विश्वव्यापी हुँदै गरेको प्रतियोगिता (मिस ग्रान्ड इन्टरनेसनल)का विजेताले मुख्यतः ‘युद्ध र हिंसा’विरुद्ध दूतको रुपमा काम गर्नेछिन्। रासस

Share.

Leave A Reply

bkh joi'po jopi o