मानव टाउको प्रत्यारोपण गर्ने तयारीमा चीन, विश्व समुदाय खुशीले गद्गद

0

एजेन्सी – विश्वलाई चकित पार्दै चीनले मानव शरीरको मुख्य अंग टाउको समेत प्रत्यारोपण गर्ने तयारीमा जुटेको छ ।

विश्वमा अहिले मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य जस्तै भइरहेका बेला चीन भने अब टाउको समेत प्रत्यारोपण गर्ने तयारीमा जुटेको हो ।
0

यसअघि १९७० मा अमेरिकामा बाँदरको शीर अर्को बाँदरमा प्रत्यारोपण गरिएको थियो तर सो प्रत्यारोपणको केही दिनमै बाँदरको मृत्यु भएको थियो ।

चीनमा आगामी वर्षको सुरुवातमा मानव शीर प्रत्यारोपण गर्ने योजनाका साथ तयारी भइरहेको जनाइएको छ ।

सबैकुरा सामान्य भएमा एक रुसी युवकको शीर अर्काको शरीरमा प्रत्यारोपण हुनेछ । मानव शीर प्रत्यारोपणको यो नै पहिलो घटना पनि हुनेछ ।

रुसका ३१ वर्षीय कम्प्युटर वैज्ञानिक भेलोरी स्पीरीदोनोभले आफ्नो शीर स्वेच्छिक रुपमा दान दिने घोषणा गरिसकेका छन् । उनी मांसपेशी दुर्विकास रोगका बिरामी हुन् । उनको शरीरको अन्य भागको समुचित विकास अवरुद्ध छ भने शीर सामान्य अवस्था मै रहेको छ ।

बेइजिङको हार्बिन मेडिकल युनिभर्सिटी आवद्ध अस्पतालमा इटालीका ६१ वर्षीय चिकित्सक सर्जियो कानाभेरो र अमेरिकामा रहँदै आएका चिनियाँ चिकित्सक रेन झियोपिङले शल्यक्रियाको नेतृत्व संयुक्तरुपमा गर्ने बताइएको छ ।

शल्यक्रियामा करिब ८० चिकित्सकको टोली समेत रहने जनाइएको छ ।

Share.

Leave A Reply

bkh joi'po jopi o