अमिताभले निर्देशकलाई फोन गरेर झपारे, हुँदैन भन्दा भन्दै ऐश्वर्याले गरेरै छोडिन्

0

एजेन्सी । बलिउड सुन्दरी ऐश्वर्या राय बच्चनले छोरी जन्माएपछि पहिलो पटक पर्दामा धमाकेदार कमब्याक गरेकी छिने । ऐश्वर्याका एक पछि अर्को चर्चित चलचित्र आउँदै छ । ‘जज्बा’ र ‘सरवजीत’ पछि ऐश्वर्याको नयाँ चलचित्र ‘ए दिल है मुश्किल’ पनि रिलिज भएको छ ।
0
यी चलचित्रहरुको प्रशंसा भएपनि बच्चन परिवार भने ऐश्वर्यासँग खुसी छैन । खासमा ऐश्वर्याले अटेर गर्दै अन्तरंग सिन र बेड सिन दिएपछि उनका ससुरा अमिताभ बच्चन निक्कै रिसाएको बताइएको छ । ऐश्वर्याको नयाँ चलचित्र ‘ए दिल है मुश्किल’ आगामी दिवाली (तिहार) मा रिलिज हुँदैछ ।

उनको साथमा रणबीर कपूर, अनुष्का शर्मा र फवाद खान देखिने छन् । भारतीय मिडियाका अुनसार आफ्ना जुनियर रणबीरसँग ऐश्वर्याको रोमान्टिक सिनबारे अमिताभले शुरु देखि नै आपत्ति जनाएका थिए । तर ऐश्वर्याले यी चलचित्रमा खुलेर रोमान्टिक सिन दिइन् । पोष्टरमा रोमान्टिक मुड देखाइएपछि रिसाएका अमिताभले निर्देशकलाई फोन गरेर झपारेको समेत समाचारमा जनाइएको छ । अमिताभको फोन पछि निर्देशकले ‘ए दिल है मुश्किल’का निर्देशकले ऐश्वर्या र रणबीरबीचको रोमान्टिक सिन काटेको समेत समाचारमा उल्लेख छ ।

Share.

Leave A Reply

bkh joi'po jopi o