करिना कपुरले भनिन्, ‘गर्भवती हुनुको अर्थ काम छाड्नु होइन’

0

मुम्बई : सामान्य रूपमा गर्भवती महिलालाई घरबाट बाहिर निस्कन दिइँदैन, उनीहरूलाई घरमै सीमित गरिन्छ । तर, बलिउड अभिनेत्री करिना कपुरको सन्दर्भमा भने यो कुरा लागू भएन । यस्तो किन पनि भने करिना आफैँले पनि काम गर्न चाहिन् । ‘म काम गर्ने महिला हुँ र काम गर्न चाहन्छु,’ उनले एक इभेन्टमा भनिन्, ‘गर्भवती हुनु भनेको कामै नगर्नु होइन, काम पाउँदासम्म म गरिरहनेछु ।’ उनले आफूले पर्याप्त आराम पनि गरिरहेकाले यसबारे अरूले चिन्ता लिनुनपर्ने पनि बताइन् ।

karinaआफूलाई सुहाउने र शारीरिक रूपमा कष्ट नपर्ने काम आफूले गरिरहने उनले बताइन् । ‘म अहिलेको समय इन्जोय गरिरहेकी छु,’ उनले भनिन्, ‘मेरो अनुहार पनि अहिले चार्मिङ भएको छ, कपाल पनि राम्रो भएको छ, त्यसैले खुसी छु ।’

Share.

Leave A Reply

bkh joi'po jopi o