हरिप्रसाद काफ्लेका ‘शान्तिपुर’ र ‘आप्रवासका अनुभुति’ बिमोचित

0

काठमाडौं, १६ साउन

स्रष्टा हरिप्रसाद काफ्लेका दुई कृति ‘शान्तिपुर’ र ‘आप्रवासका अनुभुति’ बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा शनिवार काफ्लेका ‘शान्तिपुर’ सस्मरणात्मक सङ्ग्रह र ‘आप्रवासका अनुभुति’ कविता सङ्ग्रह विमोचन गरिएको हो ।
hari
राजधानिको मिडिया इन्टरनेसनलमा आयोजना कृति बिमोचन समारोहमा दुबै कृतिउपर वरिष्ठ समालोचक रामप्रसाद ज्ञवालीले समीक्षात्मक मन्तव्य राख्नु राख्नुका साथै डा. ताना शर्मा, डा। खगेन्द्रप्रसाद लुइटेल, हरिप्रसाद काफ्ले, सन्ध्या पहाडी, डा. रेणु थापा सोलु लगायतले कृतिबारे आफ्ना बिचार राखेका थिए ।

डा. तारानाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि मेनुका चापागाईंले विमोचित कृतिबाट कविता वाचन गरेकी थिईन् भने कार्यक्रममा स्रष्टा हरिप्रसाद काफ्ले लगायत प्रवासबाट नेपाल आएका स्रस्टाहरु हरिबहादुर थापा, गङ्गा लिगल, गोविन्द गिरी, नीलम कार्की निहारिका र भैरहवाबाट आउनु भएका घनश्याम परिश्रमीलाई सम्मान पनि गरिएको थियो ।

अनेसासको रजत जयन्तीका अवसरमा सल्लाहकारहरुलाइ प्रदान गरिएको सम्मानपत्र पनि सोही कार्यक्रममा हस्तान्तरण गरियो । सो सम्मानबाट क्रमशस् सल्लाहकारहरु डा। ताना शर्मा, राजेन्द्र सुवेदी, माया ठकुरी, गीताकेशरी र दुवसु छेत्री सम्मानित भए भने कार्यक्रममा रेडियो हिमालय डट कमका प्रमुख बुद्धि विश्वकर्मा पनि सम्मान गरिएको थियो ।

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ इतिहासविद डा. सुरेन्द्र के. सी. नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा। उषा ठाकुर, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, डा. गार्गी शर्मा, रामप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो हिमाल डट कमले गरेको थियो ।

Share.

Leave A Reply

bkh joi'po jopi o