फिलिपिनी राष्ट्रपतिले भने -विद्रोहीलाई समाप्त गर्न गोर्खा सैनिकको सहयोग चाहियो

0

8-Gorkha-Riflesभदौ २०, काठमाडौं – नेपाली गोर्खा सैनिकको बहादुरीको बिश्व इतिहास धेरै पुरानो छ । अहिले पनि बिश्वको कुनै पनि समबेदनसिल क्षेत्रमा सुरक्षाको जिम्मेवारीको कुरा हुदा बिश्वमा गोर्खा सैनिककै नाम पहिला आउछ ।

त्यस्तैमा  फिलिपिन्सले पनि आफुलाई गोर्खा सैनिकको सहयोगको आवश्यकता रहेको बताएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेले विद्रोही समूह अबु सायाफलाई समाप्त पार्न गोर्खा सैनिकको सहयोग आवश्यकता रहेको बताएका हुन ।

gurkha

लागूऔषध तस्करमाथि कडा रबैया अपनाइरहेका फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेले विद्रोही समूह अबु सायाफलाई समाप्त पार्ने योजना अघि सारेका छन् । र, यसका लागि गोर्खा सैनिकको सहयोग लिन पनि तयार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यदि अबु सायाफसँग लड्न गोर्खाहरुले हामीलाई सहयोग गर्छन् भने म त्यो गर्न तयार छु ।’

७१ वर्षीय डुटेर्ते फिलिन्सिको राष्ट्रपति बनेका छन् । देशको इतिहासमा सबैभन्दा पाको राष्ट्रपति बनेका उनलाई अहिले ‘द पनिसर’ अर्थात ‘सजाय दिने व्यक्ति’ भनेर समेत चिनिन्छ ।

Share.

Leave A Reply

bkh joi'po jopi o