बैंककबाट फर्किएका ओलीले भने- कहाँ ‘रअ’ को एजेन्टलाई भेट्नु यहाँ त झुटको खेती भएछ

0

 

२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंककमा स्वास्थ्य परीक्षण गरेर सोमबार स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफुले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभेटेको बताए ।

आफ्नो भ्रमणलाई लिएर केहीले गलत प्रचार गरेको भन्दै उनले सुरुमा आपत्ति जनाए । भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई भेटेको केही समाचारप्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने, अत्यन्तै निन्दनीय गरिकाले झुटको खेती गरेको पाइयो । त्यसमा कुनै सत्यता छैन ।’

उनले आफ्नो स्वास्थ्य राम्रो भएको उनले बताए । ओली स्वास्थ्य परीक्षणको लागि भदौ ९ गते थाईल्याण्ड प्रस्थान गरेका थिए ।

Share.

Leave A Reply

bkh joi'po jopi o