अनेसास नेपालले १५१ औं मोती जयन्ती मनायो

0

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले १८ औं महफिल काव्य उपासना तथा १५१ औं मोती जयन्ती मनाएको छ । गजल ः रचनाशिल्प एवम् प्रस्तुति कला विषयक गजल परिचर्चा तथा गजल वाचन समारोहको आयोजना गरि अनेसास नेपालले १५१ औं मोती जयन्ती मनाएको हो ।
INLS NEPAL
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभू घिमिरे प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा महफिल काव्य उपासनाका सरक्षक डा.कृष्ण जङ्ग राणा, वरिष्ठ साहित्यकार चेतन कार्की, त्रि.वि.वि. हिन्दी विभाग प्रमुख डा.स्वेता दीप्ती, नेपाल उर्दु एकेडेमीका महासचिव इम्तियाज वफा, सर्जक लोचन भट्टराई, दीपक खरेल आदिले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि र कार्यक्रमका संयोजक डा.सनतकुमार वस्तीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली, हिन्दी, उर्दु लगायतका भाषामा विभिन्न गजलहरू विभिन्न स्रष्टाहरूले वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरू करूण थापा, डा.सुवोध शुक्ल, लक्ष्मी जोशी (भट्ट), भगवती रोका, यज्ञेश्वर निरौला, ऋचा, नीसा के.सी.,शैलेश सिहं, नवराज पराजुली, सायरा बानु, असीम सागर, प्रदीप मैनाली, गोपाल अधिकारी, राजन सिलवाल, शितल गिरी, डिल्लिराज अर्याल, भुवन सिवाकोटी चौघरे टि.एन भट्ट, महेश्वर शर्मा, प्रकाश प्रसाद उपाध्याय, विजय सिवाकोटी, शीला खरेल, रिता गुुरूङ लगायतको विशेष उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply

bkh joi'po jopi o