इजरायलमा हरितालिका तीज सांगितिक उत्सव २०७३ भव्यताको साथ सम्पन्न

0

तेलअविव ,इजरायल | गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलको मुख्य आयोजनमा १४ वटा विभिन्न संघसंस्थाहरुको सह-आयोजनमा ‘हरितालिका तीज सांगितिक उत्सव २०७३’ तेलअविव युनिभर्सिटीमा रहेको एक्युरिएम हल (रमात अविव) मा भव्यताको साथ सम्पन्न गरेको छ । नेपालबाट आमन्त्रित चर्चित ४ जना कलाकारहरु लोक गायक अमृत खाती,लोकगायिका मुना थापा मगर, गायिका जुना प्रसाई र हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता सन्दिप क्षेत्रीको वेजोड मनोरञ्जनात्मक प्रस्तुतिका साथमा स्थानीय कलाकारहरुले थप मनोरन्जन प्रदान गरेका थिए |
4

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका अध्यक्ष दिपक ओलीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलका कार्यवाहक महामहिम राजदुत रामेश्वर पौडेल रहनु भएको थियो भने १४ वटा सह-आयोजक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु , इजरायल स्थित विभिन्न सामाजिक ,धार्मिक ,राजनीतिक दलका प्रतिनिधिको साथमा अनलाइन मिडियाका प्रतिनिधिहरु अतिथि रहेका थिए |

कार्यक्रममा गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका उपाध्यक्ष बिशाल ज्ञवालीले उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए |

इजरायलमा कार्यरत नेपालीहरु जुनसुकै रोगले बिरामी भई स्वयमले उपचार गर्न नसक्ने स्थितिमा सहयोग पुर्याउने उद्धेश्यले कोष खडा गर्ने लक्ष्य सहित आयोजन गरेको कार्यक्रममा उल्लेखीय सहभागिता रहेका थिए |

कार्यक्रममा १४ वटा सह-आयोजक संघसंस्थाहरुमा सोसाईटी अफ हेल्पिंग हर्ट्स इन इजरायल, बिश्व नेपाली साहित्य महासंघ शाखा इजरायल, नेपाल मगर संघ इजरायल, अन्तराष्ट्रिय कलाकार मञ्च शाखा इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल ,रुपन्देही समाज इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल,नारीका लागि नारी १ करोड अक्षयकोष , किरात राई यायोक्खा नेपाल इजरायल , झापाली सामाज इजरायल,चितवन समाज इजरायल, श्री सत्य साइ केन्द्र इजरायल र श्री कृष्ण प्रणामी गैर आवासीय नेपाली युवा परिषद इजरायल रहेका थिए ।

इजरायली मेनपावर एजेन्सी याद–बेयादको प्रायोजन रहेको थियो | प्राविधिकमा डिजे बिपिन तामाङ र प्रनेश पाख्रिन तामाङले साथ दिएका थिए | कार्यक्रममा सहभागी सबैको लागि दरको व्यवस्था गरेको थियो |

कार्यक्रम गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् महासचिब तेन्जिन शेर्पा, चितवन समाजका महासचिब नयन सापकोटा र अन्तराष्ट्रिय नेपाली कलाकार मंच इजरायलका प्रेम शर्माले कुशलतापुर्वक संचालन गरेका थिए ।

2

3

5

(फोटोग्राफर: माला खनाल)

Share.

Leave A Reply

bkh joi'po jopi o